Shittalpati
पाल्पामा रुखले च्यापेर एकको मृत्यु

पाल्पा,जिल्लाको तिनाउ गाउँपालिकामा एक व्यक्तिको रुखले च्यापेर मृत्यु भएको छ । रुख काट्ने क्रममा रुखले च्यापेर तिनाउ गाउँपालिका १ का ३४ वर्षका ओमबहादुर घर्तीको मृत्यु भएको हो । घर नजिकै रहेको ठूली उदान स्थित मसिना सामुदायिक जंगलमा रुख काटिरहेको अवस्थामा रुख ढलेर घर्तीलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update