Shittalpati
पूर्वी पाल्पाको औषधी व्यवसायी संघले दियो स्वास्थ्य सामग्री

इमान सिं राना
पाल्पा (रामपुर), पूर्वी पाल्पा औषधी व्यवसायी संघले रामपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रामपुर नगरपालिका, इलाका प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई माक्स, ग्लोब्स र सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको होे । जोखिमका विच सेवा दिदै आएका कार्यालयहरुका कर्मचारीहरुलाई मध्यनजर गर्दै बुधबार सामाग्री प्रदान गरेको हो । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण विरुद्ध विश्व नै लागि परेको अवस्थामा संघले एक द्वार प्रणाली मार्फत नगरपालिकालाई ५० हजार बराबरको ६ बक्स माक्स, ७ बक्स ग्लोब्स, ६० वटा सेनिटाईजर प्रदान गरेको छ ।

पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठ (राजकुमार)ले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई सामाग्री हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरण गर्दै श्रेष्ठले विषम परिस्थितिका विच पनि अग्रभागमा रहेर जनताको सेवामा खटिएका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई हौसला प्रदान गर्न सामाग्री हस्तान्तरण गरिएको बताए । संघमा आवद्ध रामपुर क्षेत्रका औषधी व्यवसायीहरुले जनताको लागि अत्यावश्यक सेवा २४ सै घण्टा र दैनिक १० बजे देखि ४ बजे सम्म नियमित सेवा दिदै आएको छ ।

पूर्वी पाल्पा औषधी व्यवसायी संघका सल्लाहाकार अमृत काफ्लेले कोरोना विरुद्धको अभियानमा संघले गरेका प्रयासहरुको बारेमा जानकारी दिदै सरकारले अवलम्बन गरेको एक द्वार प्रणालीलाई आत्मसात गरेर नगरपालिका मार्फत सहयोग गरेको बताए । संघ बाट प्राप्त सहयोग मध्ये रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले इलाका प्रहरी कार्यालय रामपुरलाई ३ बक्स माक्स, २ बक्स ग्लोबस, ३५ वटा सेनिटाईजर, इलाका प्रशासन कार्यालयको लागि १ बक्स माक्स, २ बक्स ग्लोबस, सञ्चारकर्मीहरुको लागि १ बक्स माक्स, १ बक्स ग्लोबस, १५ वटा सेनिटाईजर वितरण गरेका थिए ।

बाँकी १ बक्स माक्स, २ बक्स ग्लोबस, १० वटा सेनिटाईजर नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको छ । पूर्वी पाल्पा औषधी व्यवसायी संघलाई धन्यवाद दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाको प्रशंसा गरे । उनले आफु पनि बाँच्ने र समाजलाई बचाउने अभियानमा स्वास्थ्यकर्मीहरु अझ जोखिममा रहेको भन्दै सेवा प्रवाहमा विशेष सावधानी अपनाउन अनुरोध गरे । कार्यक्रमको सञ्चालन पूर्वी पाल्पा औषधी व्यवसायी संघका कोषाध्यक्ष ईश्वरी बिसीले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update