११ हजार नमूना परीक्षण गर्दा १४ जनामा भेटियो कोरोना

काठमाडौं । देशभरि करिब ११ हजार जनाको कोरोना कोभिड–९० भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो । ५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
र्यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ । परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए । काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्