Shittalpati
नेपाल भ्रमण वर्ष २०२० र ऐतिहासिक तानसेन

सन्तोष खनाल

अतिथि देवो भव : 
नेपालमा पहिलो पटक सन १९९८ भ्रमण वर्ष हुनु भन्दा अघि पर्यटनको अभियान सञ्चालन भएको थिएन । तत्कालिन समयमा काठमाडौं महानगरपलिकाले फोहोर उठाउन नसक्दा बढेको दुर्गन्धित वातावरण देखेर अमेरिकन पत्रिका न्यूजविकले–गुडबाइ साङ्ग्रिला लेखेपछि यसको सन्देश पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परी पर्यटन आगमन नहुने भन्ने चिन्ता छायो । त्यसपछि नेपाल त्यस्तो छैन भन्ने प्रचार गर्न र पर्यटन आगमान बढाउने परिकल्पान अनुरुप सरकारले भ्रमण वर्षको घोषणा ग¥यो । यो तथ्यले भ्रमण वर्ष सफल पार्न पनि राष्ट्रको छविका कुनै सानो नकारात्मक सन्देश जान दिन हुँदैन भन्ने तर्फ चनाखो रहनु नै पर्छ ।

सन् १९९८ मा अभियानको रुपमा घोषण गरेको नेपाल भ्रमण वर्ष तत्कालिन समयमा द्वन्द्वको छाँयाले अपेक्षा अनुरुप कार्यक्रम सफल हुन सकेन तर उक्त कार्यक्रमले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको थियो । राजनीति क्रान्ति सफल भयो अब पालो आर्थिक क्रान्तिको भन्दै १० लाख पर्यटन भिœयाउने लक्ष्यका साथ सन २०११ मा पनि सरकारले पर्यटन वर्ष घोषण गरेको थियो । राजनीतिक क्रान्ति सफल भएपछि पनि संक्रमणको सो अवधिमा देखिएको लामो राजनैतिक अस्थिरता, बन्द, हड्ताल, चक्काजाम, विभिन्न जातिय क्षेत्रिय, आन्दोललन आदिका कारण उक्त कार्यक्रमले पनि सफलता प्राप्त गर्न सकेन । तर एउटा सन्देश विश्व सामु दिन सक्यो, नेपाल पर्यटकका लागि आकर्षण केन्द्र हो ।
वि.स. २०७२ को विनाशकारी भूकम्पले पर्यटकीय आकर्षणका सम्पदाहरूमा पुगेको क्षति, भारतिय नाकाबन्दीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावले पर्यटन क्षेत्रलाई पनि अछुतो राखेन । केही समय यस क्षेत्रमा निराशा छायो । यसै बीच सन २०१७ र २०११ मा लिइएको दश लाख पर्यटक भिœयाउने लक्ष्य पूरा भयो । सन २०१९ मा पर्यटको आगमन बाह्र लाख पुग्यो । यसले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार प्रवाह भयो । महत्वपूर्ण नेपाल विश्को पर्यटनको आँखामा पर्न सफल भयो । विश्वका पर्यटकीय गन्तव्यको दश राष्ट्र भित्र नेपाल पर्ने तथ्य सर्वजनिक भयो । यसै परिपेक्ष्यमा सरकारले पहिलो पटक भ्रमण वर्ष घोषणा गरेको दुई दशक पछि सरकारले ठूलो अपेक्षाका साथ सन २०२० लाई नेपाल भ्रामण वर्षको रुपमा घोषण ग¥यो । यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सन् २०१९ भरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गरी जनवरी १ का दिन काठमाडौंको दशरथ रङ्गशालमा भव्य उद्घाटन पनि भैसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्षको उद्घाटन कार्य चलिरहेको छ ।

नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा उचो बनाउने ,२० लाख विदेशी पर्यटक भिœयाउने र राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानलाई वृद्धि गरी मुलुकको आर्थिक विकासकमा सहयोग गर्नु नै यो भम्रण वर्षको महत्वपूर्ण उद्देश्य रहेको छ । नेपालको विकास र आर्थिक समृद्धिका लागि पर्यटन उद्योगको विकास अपरिहार्य छ । यसका लागि पर्यटक मैत्री वातावरण, भौतिक पूर्वाधारको विकास, सेवा सुविधामा विस्तार अनिवार्य शर्त हुन । विगत वर्षहरुबाट थलिएको पहलकदमीका कारण पर्यटन क्षेत्रको विकासका लागि नविन सभ्मावनाका आधारहरु तयार पनि भएका छन् । वर्तमान समयमा देशमा राजनीतिक स्थितरता छ । हत्या, हिंसाबाट मुलुक निकै माथि उठेको छ । यस बीचमा भौतिक पुर्नर्निमाणको विस्तार, दुर्गम क्षेत्रमा पनि यातायातको सहजता, पर्यटन मैत्री पूर्वाधारको विकास, पर्यटकका लागि उपयुक्त खाना र वासस्थानका लगि ठूला–ठूला होटलहरुको स्थापनासगैँ विभिन्न स्थानमा होमस्टेको पनि व्यवस्था,पर्यटन आगमनमा निरन्तर वृृद्धि आइरहेका तथ्यहरू उदाहरणको रुपमा पस्कन सकिन्छ । जसले नेपालको पर्यटन उद्योगमा सकारात्मक सन्देश पुगेको छ । संभावनाका ढोकाहरू खुलेका छन् । प्राकृतिक सौन्दर्यता, अनुकुल मौसम, कला संस्कृतिका विविध पाटाहरु, साहसिक पर्यटनका आधार, ऐतिहासिकता, पर्या–पर्यटन, ग्रामिण पर्यटनको अनुभव आदि पक्षहरूले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको मुलुकको सूचीमा पार्न योगदान गरेकै छ ।

विश्वका पर्यटकहरूको आगमनलाई वृद्धि गरिने आधार तयार छ  । अर्को महत्वपूर्ण पक्ष भनेको हाम्रा छिमेकी मुलुकहरुमा रहेको जनसंख्यालाई आधार मानि धार्मिक पर्यटनको विस्तार गर्न लुम्बिनी, पशुपतिनाथ, मुिक्तनाथ, जनकपुरधाम लगायतका मुलुकभरीका धार्मिक स्थलहरू र विश्व सम्पदा सूचीमा सुचिकृत सम्पदाहरूले पर्यटकलाई कुरेर बसिरहेका छन् । उल्लेखित सकारत्मक आयामहरूलाई प्रेरणाको रुपमा लिई अघि बढनु आजको आवश्यकता हो । यसै बीच भ्रमण वर्षलाई सफल पार्न मात्र हैन आगामी वर्षहरूमा पर्यटन उद्योगको विकासबाट मुलकको समृद्धिको अभियानलाई सफल बनाउन पनि केही चुनौतिहरूलाई ध्यानपूर्वक आत्मसाथ गरी अघि बढनु आवश्यक छ । भ्रमण वर्षलाई नेपाली जनताका लागि उत्साह र उमङ्गको वर्षको रुपमा बनाउन सकिन्छ यो उपयुक्त समय पनि हो ।

पर्यटक आगमन बढाउन के गर्ने ?
प्राकृतिक सौन्दर्य, पर्यावरणीय विविधता, साँस्कृतिक, सामाजिक, ऐतिहासिकता पक्षहरूको स्वेदश तथा विदेशमा कति प्रचार गर्न सक्छौ सकेका छौ ? विश्वव्यापीकरण गर्न कति सक्षम भएका छौ ? वर्तमान समय सूचना प्रविधिको समय हो । कुनै विषय वा सूचना सेकेण्ड भरमै विश्वव्यापी बन्न सक्छ यस्तो बेलामा हामीले हाम्रा स्थान, वस्तु, तथा सेवाको हाम्रा मौलिक खानाका परिकारहरुको प्रचार गर्न कति सक्षम भएका छौ ? संरक्षण गर्न कति ध्यान पु¥याएका छौं ? अर्को तर्फ हाम्रा, कला, साहित्य संगीतलाई पनि विदेशमा प्रचार गर्न जरुरी छ । अहिले पनि शेक्सपियर, लेनिन, दा भिन्ची, माओ, आदिका स्मारक, जन्मस्थल हेर्न लाखौ पर्यटक त्यस्ता स्थानमा गएको तथ्यले पनि हामीकहाँ भएका यस्ता सम्पदालाई संरक्षण, सम्वद्र्धन र विस्तार गर्न कति ध्यान दिएकाछौं ? अर्को विशेष ध्यान दिनुपर्ने विषय सरसफाई हो यसको लागि सरकारको प्रयास मात्र काफी हँुदैन जनताको व्यापक जागरुकता चाहिन्छ । फोहोर हामी गर्ने अनि सफा गरेन भनेर दोष लागाएर बस्यो भने यसको नकारात्मक असर पर्छ भन्ने तथ्य माथि नै उल्लेख गरिएका न्यूज विक पत्रिकाको अंशबाट ज्ञात हुन्छ । यी विषयमा सययमै विशेष ध्यान दिनु पर्नेछ । यसो गरिएमा भ्रमण वर्षको मध्य र पछिल्ला समयमा आउने पर्यटकहरूको आगमन भई पर्यटकहरूलाई नेपाली पहिचान सहितको सौन्दर्यलाई देख्ने र अनुभुत गर्ने अवसर प्राप्त हुन्थ्यो ।

पर्यटकीय तथा सांस्कृतिक नगर तानसेन :
जनवरी १ का दिन काठमाडौंको दशरथ रङ्गशालमा राष्ट्रियस्तरमा भ्रमण वर्षको भव्य उद्घाटन भयो । सातै प्रदेशका विभिन्न स्थानमा पनि प्रदेश सरकारले भ्रमण वर्ष सफल पार्न कार्यक्रम आयोजना गरियो । साथै विभिन्न स्थानीय सरकारले पनि यस दिन विशेष कार्यक्रम गरी भ्रमण वर्षलाई सफल पार्न कार्यक्रम आयोजना गरे । तानसेन नगर सरकारले पनि यसै अनुरुप कार्यक्रम सम्पन्न ग¥यो । राष्ट्रिय अभियानको रुपमा आयोजित भ्रमण वर्ष २०२० लाई सफल बनाउन केन्द्र सरकारको एकल प्रयास मात्र पर्याप्त हँुदैन । प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालहरूलाई पनि साथमा लिएर संघीय सरकार अघि बढ्नुपर्छ ।
तानसेन ऐतिहासिक पाहाडी शहर हो । नेपालको पुरानो, ऐतिहासिक, साँस्कृतिक सुन्दर नगर तानसेनले नेपालमै छुट्टै पहिचान स्थापित गरेको छ । पुराना कलात्मक मन्दिर, घर , विविध संस्कृति, रहन सहन आदिले तानसेन पश्चिम क्षेत्रकै साँस्कृतिक सहर हो । ढाका र करुवालले चिनिएको शहर हो । प्रदेश पाँचको प्रमुख पर्यटकीय सहर हो । यो नगर आफ्नै प्राकृतिक सुन्दरताले परिचित छ । नेपालभित्र भ्रमण गरिने स्थानहरूमा तानसेन अग्रस्थानमा छ भन्दा दुईमत नहोला । यातायतको सहजता, बाह्रै महिना घुम्न सकिने, विविध जातिय संस्कृतिको अवलोकन, नेपाल अंग्रेज युद्व जोडिएको ऐतिहास थलो आदिले पर्यटकलाई मात्र होइन अध्ययन र अनुसन्धान गर्ने अध्येतालाई पनि आकर्षित गर्ने नगर हो तानसेन । तानसेनले भ्रमण वर्षको २०२० यस अवसरमा विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरु, पोखरामा रमाउन आउने पर्यटकहरूलाई लक्षित गरी विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्न पनि कार्यक्रम तय गर्नुपर्छ । पहिले देश अनि विदेशी नारालाई आत्मसाथ गरी सबै सरोकारवाहरूसँग छलफल गरी कार्यक्रमको जिम्मेवारी तय गर्न सक्दा नै नगर समृद्धिको अभियानलाई सहयोग पुग्छ ।

विगतको समय भन्दा पछिल्ला समयमा तानसनेन पर्यटन क्षेत्रको विकासका लागि चाहिने आवश्यक पूर्वाधारहरुमा वृद्धि भएको छ । थप पर्यटकीय गन्तव्यको पहिचान भएको छ । सिद्धबावा सडक खण्डलाई अवरोधको रुपमा देखाएर केही नगरी वस्नु भन्दा वर्तमानमा उपलब्ध पूर्वाधारहरुको उचित र प्रभावकारी प्रयोग गरी अघि बढ्नु नै अहिलेको समयको आवश्यकता हो । पर्यटन आगमन विस्तार गर्न नकारात्मक प्रचार भन्दा सकारात्मक प्रचारले नै बढी काम गर्छ भन्ने कुरा दार्जिलिङ र सिक्किममा रहेका सामान्य स्थानलाई पनि बढी प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने तथ्यलाई मनन् गर्दै सकारात्मक प्रचारले मात्र पनि पर्यटक आगमनमा वृद्धि गर्न सकन्छि भन्ने तर्फ ध्यान जानु जरुरी छ । तानसेनमा सो स्थानमा भन्दा बढी पर्यटकलाई घुमाउन लगिने धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् । तर हामी प्रचार–प्रसारमा निकै पछाडी छौ ।

पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्न लुम्बिनी, पोखरा बुटबल, लगायतका सहर र नजिकका भारतिय सिमा जोडिएका स्थानहरुमा पनि स्थानीय सरकार, निजी क्षेत्र, राजनीतिक दल, पर्यटन व्यवसायी, बुद्धिजीवी मिडियाकर्मी र सरोकारवालहरुको साथ लिएर तानसेन नगरपालिकाले विशेष अभियान सञ्चालन शुरू गर्ने कार्य अघि बढाउनु पर्छ । माथि उल्लेख गरिएका ध्यान दिनुपर्ने सन्दर्भ तानसेनको पर्यटन विकास लागि पनि उपयुक्त हुने छ । यसले आगामी दिनमा पर्यटन उद्योगको विकासले रोजगारीका आवसर सिर्जना गर्दै तानसेनको आर्थिक गतिविधीलाई पनि बढवा पुग्छ । भ्रमण वर्षले लक्षित गरेका पर्यटक आगमनको संख्यालाई विभिन्न जिल्ला तथा नगरहरुले पनि आकर्षित गर्न सक्नुपर्छ । यसको लागि सुन्दर पर्यटकीय नगर तानसेनले पनि वर्षभरी गरिने कार्यक्रमको योजना बनाउनु आवश्यक छ । यस लेखमा तानसेनमा रहेका ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक छटाहरु, स्थल र स्मारकहरुको विस्तृत व्याख्या गरिएको छैन । आगामी अंकमा तानसेनको पर्यटकी क्षेत्रका विषयमा थप चर्चा गर्नेनै छु । देशको आर्थिक समृद्धिका लागि भ्रमण वर्षलाई सफल बनाउन सबै पक्षको ध्यान जाओस् । भ्रमण वर्षको सबैमा शुभकामना ।
(लेखक त्रिभुवन बहुमुखि क्याम्पस पाल्पा, अर्थशास्त्रका उप—प्रध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update