Shittalpati
लुम्बिनीका मन्त्री केसीको राजीनामा

देउखुरी, लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले शनिबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, ‘मन्त्री केसीको राजीनामा उनको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।’ मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका हुन् । –रासस

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update