Shittalpati
पाल्पाको दुई अस्पताललाई पिपिइ

पाल्पा । जिल्लाका दुई अस्पताललाई पर्सनल प्राटेक्टिभ इक्युमेन्ट (पिपिइ) वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले पाल्पा जिल्ला अस्पताल र मिसन अस्पताललाई पिपिइ वितरण गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टीको संयोजनमा दुई अस्पताललाई पाँच/पाँच थान पिपिइ हस्तान्तरण गएिको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी मगरले जिल्ला अस्पतालका अध्यक्ष नेत्र पाण्डेयलाई पाँच थान पिपिइ हस्तान्तरण गरेका हुन् । पिपिइ हस्तान्तरण गर्दै उपमहासचिव अस्लामीले स्वास्थ्यकर्मी सुरक्षित रहे मात्रै नागरिक सुरक्षित हुने भएकाले आफुले यस क्षेत्रका अस्पतालहरूलाई पिपिइ उपलब्ध गराउन पहल गरेको बताए । राष्ट्रिय आविष्कार केन्द्रका स्वयंसेवक प्रेम थापाले बिशेष कपडाबाट बनाइएको पिपिइ एक पटक प्रयोग गरेको ४८ घण्टा पछि सेनिटाइजको प्रयोगबाट पुनः प्रयोग गर्न सकिने जानकारी दिए । अस्पतालकी नर्सिङ इञ्चार्ज लक्ष्मी जिसीले अस्पतालले आफै पनि केही पिपिइ बनाएर भएपनि प्रयोग गरेको अवस्थामा आविष्कार केन्द्रले गुणस्तरीय पिपिइ उपलब्ध गराएकोमा खुसी व्यक्त गरिन । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष गर्बुजा, समाजसेवी सौन्दर्यवती शाक्य, स्वास्थ्यकर्मी नारायण कार्की, नारायण राना लगायतको सहभागिता रहेकोे थियोे । केन्द्रले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पनि पाँच थान पिपिइ हस्तान्तरण गरेको छ । पिपिइ बुझ्दै अस्पतालकी प्रमुख रचेल कारखले आफुहरूसँग केही थान पिपिइ भएपनि पर्याप्त नभएको अवस्थामा प्राप्त भएको पिपिइले ठूलो राहत मिलेको बताइन् । केन्द्रले भुसलडाँडा स्थित न्यू एकता क्लवद्वारा सञ्चालित एम्बुलेन्स चालकका लागि समेत एक थान पिपिइ हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update