Shittalpati
आइसोलेसनमा भर्ना भएका युवाको  डिस्चार्ज

पाल्पा,कोरोना भाइरस संक्रमणको आशंकमा जिल्ला अस्पतालमा भर्ना भएका बगनासकाली गाउँपालिका पोखराथोकका २२ वर्षिय युवक डिस्चार्ज भएका छन् । केही दिन अघी भारतबाट फर्किर ज्वरो र रुघाखोकी देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना भएका उनी बुधबार डिस्चार्ज भएका हुन् ।
कोरोना भाइरस संक्रमणको आशंकामा युवकको राष्ट्रिय प्रयोगशाला काठमाडौँमा स्वाब परीक्षण गरिएको थियो । तर उक्त स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । ज्वरो र रुघाखोकी लागेका ती युवकको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update