Shittalpati
दललाई आयोगले माग्यो स्पष्टीकरण
दललाई आयोगले माग्यो स्पष्टीकरण निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करौडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।
आज महावीर जयन्ती
आज महावीर जयन्ती आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ ।  हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन , गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन ।
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
Weather Update