ब्याडमै सुक्न थाल्यो धानको बीउ
आइतबार, असार ३, २०८०

माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड
आइतबार, असार ३, २०८०
माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।

तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु
शनिबार, असार २, २०८०
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।

हँसिया प्रहार गरी बालकको हत्या
शनिबार, असार २, २०८०
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । स्थानीयको हँसियार प्रहारबाट अर्जुनचौपारी गाउँपालिका– ६ सिउँडीबारीका ९ वर्षीय बालक हर्षित देवकोटाको मृत्युु भएको हो ।

लोक सेवा आयोग : हिजो र आज
शनिबार, असार २, २०८०
विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण भयो । उक्त वैधानिक कानुनअनुसार कर्मचारीहरू भर्ना हुन एउटा दरखास्त परिषद् खडा भयो, उक्त परिषद्ले योग्यता वा...

तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार
शनिबार, असार २, २०८०
जिल्लाको तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक बाटोबाट चलेको भन्दै हालको समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न नगर सरकारले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्रचार गरेको...

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ
शुक्रबार, असार १, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।

चौरासी पूजा गर्न आर्थिक सहयोग
शुक्रबार, असार १, २०८०
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

जिप दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असार १, २०८०
दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका –३ शिरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।