घुम्टे चढ्न रोक, मेला समेत स्थगन
मंगलबार, वैशाख २३, २०७७
रुपन्देहीमा दुईको आत्महत्या
मंगलबार, वैशाख २३, २०७७
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
मंगलबार, वैशाख २३, २०७७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
मंगलबार, वैशाख २३, २०७७
प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
डेंगुका बिरामी फेला
मंगलबार, वैशाख २३, २०७७
स्याङ्जाको वालिङमा डेंगुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
बगनासकाली गाउँपालिकाले संकलन गर्यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
सोमबार, वैशाख २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ ।
रेसुङ्गा १ मा दोस्रो चरणको राहत वितरण
सोमबार, वैशाख २२, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १ ले दोस्रो चरणको राहत वितरण गरेको छ ।
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री
सोमबार, वैशाख २२, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्दै
सोमबार, वैशाख २२, २०७७
जिल्लाको कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको छ । गाउँपालिका भित्र खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न बैंक स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान
सोमबार, वैशाख २२, २०७७
नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) प्रदेश पाँचले तानसेनमा रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन सिडेनले सोमबार (आज) रक्तदान कार्यक्रम गरेको हो ।
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !
सोमबार, वैशाख २२, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ ।


