रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति
बिहीबार, असार २१, २०८०

तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन, राजनीतिक दलले जनाए आपत्ति
बुधबार, असार २०, २०८०
तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले पुरानो समिति विघटन गरी तदर्थ समिति गठन गरेको हो ।
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
बुधबार, असार २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई घाँसको विरुवा वितरण गरेको हो ।

गुल्मी काँग्रेसले सरकारलाई भन्यो ‘विस्थापित परिवारलाई राहत र विपद् पूर्व तयारीमा ध्यान देऊ’
बुधबार, असार २०, २०८०
नेपाली काँग्रेस गुल्मीले निरन्तर परेको अविरल वर्षाले आएको बाढीपहिरोबाट विस्थापि भएका परिवारलाई राहत दिन र विपद् पूर्व तयारीमा ध्यान दिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । उसले वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा बाढी र पहिरोले क्षति पुर्याएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै राहत र क्षति हुनबाट बचाउन पूर्व तयारी...
1688534064.jpg)
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह
बुधबार, असार २०, २०८०
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।

अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
बुधबार, असार २०, २०८०
अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?
मंगलबार, असार १९, २०८०
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी ठाउँ पिच्छे मूल्य घटाइएको हो । निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ ।...

पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
मंगलबार, असार १९, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
मंगलबार, असार १९, २०८०
पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् ।

ललिता निवास प्रकरण : थप दुई पक्राउ
सोमबार, असार १८, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल
सोमबार, असार १८, २०८०
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।

सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०
रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।