ग्लोबल आइएमई बैंकको सहयोग
शनिबार, मंसिर १५, २०८१
आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै
शनिबार, मंसिर १५, २०८१
आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।
नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित
शुक्रबार, मंसिर १४, २०८१
एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३...
तिनाउमा एक पुुरुष मृत फेला
शुक्रबार, मंसिर १४, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
शुक्रबार, मंसिर १४, २०८१
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ ।
शान्त र हिंसारहित समाजका लागि सबै सचेत हुन आवश्यक छ : नगर प्रमुख थापा
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शान्त र हिंसारहित समाज निर्माणका लागि सबै वर्ग सचेत हुन आवश्यक रहेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायिक समितिले वडा नं.४ देविस्थानमा आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो...
रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज
बिहीबार, मंसिर १३, २०८१
पाल्पा जेसिजले रामपुरमा जेसीसको सम्भाव्यता अध्ययन थालेको छ । उसले रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताको लागि रामपुर पुगेर अध्ययन थालेको हो ।
रामपुरमा डेंगी रोग सम्बन्धी सचेतना
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुरमा डेंगी रोगसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको छ । साविकको रामपुर गाविसका महिला स्वयंमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
विद्यालय खेलकुद संघ पाल्पा गठन, अध्यक्षमा खत्री
बुधबार, मंसिर १२, २०८१
नेपाल विद्यालय खेलकुद संघ पाल्पा गठन भएको छ । नेपाल विद्यालय खेलकुद महासंघको सिफारिस र पाल्पा जिल्ला खेलकुद विकास समितिको रोहवरमा संघ गठन भएको हो ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
बुधबार, मंसिर १२, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
रामपुर नगर सरकारले सञ्चालन गर्यो निःशुल्क लोकसेवा कक्षा
बुधबार, मंसिर १२, २०८१
जिल्लाको रामपुर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवाको तयारीमा जुटेका नगर भित्रका विद्यार्थीहरुलाई लक्षित गरी नगर सरकारले निःशुल्क कक्षा सञ्चालन गरेको हो ।


