Shittalpati
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग जिल्लाको तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा तानसेन बहुमुखी क्याम्पसले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा क्याम्पसले १७ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।
गुल्मीको मदाने गाउँपालिका सिल
गुल्मीको मदाने गाउँपालिका सिल जिल्लाको मदाने गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिकालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्म गाउँपालिकालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
स्याङ्जा र तनहुँवासीलाई पाल्पामा छेकबार
स्याङ्जा र तनहुँवासीलाई पाल्पामा छेकबार पाल्पासँग जोडिएका स्याङ्जा र तनहुँका कृषक मारमा परेका छन् । स्याङ्जा र तनहुँका बाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका हुन् ।
बनाएनन् सबै वडाले क्वारेन्टाइन
बनाएनन् सबै वडाले क्वारेन्टाइन भारतसहित विभिन्न देशमा ठूलो संख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि चितवनमा काम हुनसकेको छैन ।
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।
खतराको घण्टी
खतराको घण्टी नेपालमा कोरोना भाइरसको प्रभाव कम रहेको चर्चा चलिरहेकै बेला यसबाट दुई जनाको मृत्यु भएको छ । पहिला संक्रमित फेला परेको चार महिनामा यस्तो दुःखद घटना भएको हो ।
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति जिल्लाको एक स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममा हुँदा खानेलाई समेटिएको भन्दै स्थानीय केही युवाहरुले आपत्ति जनाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेमा हुँदा खाने भन्दा हुने खानेहरुलाई नै प्रधानमन्त्री रोजगारमा समेटिएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् ।
काँग्रेस निस्दीले गर्‍यो कोरोना कोषमा रकम जम्मा
काँग्रेस निस्दीले गर्‍यो कोरोना कोषमा रकम जम्मा नेपाली काँग्रेस निस्दी गाउँ कार्यसमितिले निस्दी गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरेको छ ।
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन जिल्लामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्न थालिएको छ । भारतीय भूमिबाट धमाधम नेपाली श्रमिकहरु जिल्ला भित्रिन थालेपछी जोखिमबाट बच्न शंकास्पद व्यक्तिहरुको स्वाव संकलन तथा परीक्षण गर्न थालिएको हो ।
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ ।
Weather Update