Shittalpati
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’ कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक  परिचालन गर्ने
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
सरकारको स्वागत योग्य काम
सरकारको स्वागत योग्य काम भारतले नेपाली भू–भाग लिपुलेकमा सडक संरचना निर्माण सम्पन्न गरी उद्घाटन गरेको विषयले चर्चा र सरकारको आलोचना भयो । लकडाउनको यो समयमा पनि सडक, सदन, राजनीतिक दल र बौद्धिक क्षेत्र सबैतिर नेपाली भूमि फिर्ता ल्याउनुपर्ने आवाज प्रखर रूपमा उठ्यो ।
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।
गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता
गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा गत वैशाख २२ गते भएको जातिय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । सोमबार जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुको उपस्थितीमा पीडित परिवारले जातिय विभेद गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग जिल्लाको तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा तानसेन बहुमुखी क्याम्पसले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा क्याम्पसले १७ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।
Weather Update