गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती
शनिबार, असोज १०, २०७७
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने
शनिबार, असोज १०, २०७७
पाल्पामा एक हप्ता भित्रमा पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । कोरोना परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध भएकाले हप्तादिन भित्रमा ल्याव सञ्चालनमा आउने भएको हो ।
बाघको आक्रमणबाट मृत्यु
शनिबार, असोज १०, २०७७
भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
शनिबार, असोज १०, २०७७
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो ।
प्रभावकारी अनुगमनको आवश्यक
शनिबार, असोज १०, २०७७
कोरोना महामारीको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । पटक–पटकको ‘लकडाउन’ र निषेधाज्ञाका कारण बन्द भएको बजार बल्लतल्ल राम्ररी खुल्दै छ । यही बेला दसैं, तिहार, नेपाल संवत्, छठजस्ता मुलुकका प्रमुख चाडहरू सामुन्नेमा छन् ।
थप १४ सय ५५ जनाले कोरोना जिते
शनिबार, असोज १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेशनमा रहेका उनीहरुले शुक्रबार कोरोना जितेर घर फर्किएका हुन् ।
प्रदेश पाँचमा कोरोना उपचारका लागि थप सेवा विस्तार गरिने
शनिबार, असोज १०, २०७७
प्रदेश पाँच सरकारले कोरोना संक्रमण भई लक्षण देखिएका बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सुविधायुक्त अर्धसघन कक्ष सेवा विस्तार गर्ने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र दाङ बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका...
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो
शनिबार, असोज १०, २०७७
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
शुक्रबार, असोज ९, २०७७
पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ९, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

