Shittalpati
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
बुटवलका सबै वडामा सहजीकरण समिति
बुटवलका सबै वडामा सहजीकरण समिति भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्‍याउन चुनावको एजेण्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।
गरिमा बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’
गरिमा बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’ नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ‘मेरो सेयर बचत खाता’ ल्याएको छ । बैंकले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो शेयर बचत खाता’ ल्याएको हो ।
आज विश्व सिमसार दिवस मनाइदै
आज विश्व सिमसार दिवस मनाइदै प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ ।
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो बडिगाड गाउँपालिका ४ जलजला केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । बागलुङ्गको अत्यन्त दुर्गम गाउँको रुपमा रहेको जलजलामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा पुर्‍याएको हो ।
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
Weather Update