नवजनचेतना राष्ट्रिय दैनिक २०७७ चैत २० गते शुक्रबार
शुक्रबार, चैत २०, २०७७
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु
बिहीबार, चैत १९, २०७७
जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु
बिहीबार, चैत १९, २०७७
बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
बिहीबार, चैत १९, २०७७
विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।
वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह
बिहीबार, चैत १९, २०७७
राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण...
घट्दो रेमिट्यान्स
बिहीबार, चैत १९, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरुले रोजगारी गुमाउँदै जाँदा विदेशबाट भित्रने रेमिट्यान्स पनि घट्दै गएको छ । कोभिड संक्रमणका कारण कामदार वैदेशिक रोजगारीमा जान पाएका छैनन् भने विदेशमा रोजगारीमै रहेका कामदारहरुले पनि पूर्ण समय काम पाउन सकेका छ्रैनन् । जसले गर्दा रेमिटान्स ओरालो लाग्नो क्रममा छ ।
माथागढीले पनि बालमैत्री गाउँपालिका घोषणा गर्दै
बिहीबार, चैत १९, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो ।
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज
बिहीबार, चैत १९, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ मा पिसिआर परीक्षण गर्दा १ सय ६२ मा संक्रमण देखिएको जानकारी दिए ।
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी
बिहीबार, चैत १९, २०७७
चैत महिना लागेसँगै जिल्लामा डढेलोका घटनाहरु बढ्दै गएका छन् । यहाँ अहिले दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख...
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित
बुधबार, चैत १८, २०७७
सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा
बुधबार, चैत १८, २०७७
सभामा नेपाली काँग्रेस पाल्पामा सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले कुशल नेतृत्वका कारण प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै गाहाले नेपालमा चलेको स्वतन्त्रताकाको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली
बुधबार, चैत १८, २०७७
सहकारी र भूपू सैनिकका एम्बुलेन्स चालक समेत रहेका रामबहादुर कुँवरको संयुक्त लगानीमा अस्पताललाई ट्रली हस्तान्तरण गरिएको अध्यक्ष कुलदिप थापाले जानकरी दिए । ‘अस्पतालमा ट्रलीको अत्यन्तै आवश्यकता रहेको हुनाले हामीले हस्तान्तरण गरेका हौं’, अध्यक्ष थापाले भने,‘बिरामी बोक्नको लागि अस्पतालाई ठूलो सहयोग पुग्नेछ ।’


