प्रधानमन्त्रीमा ओलीको पनि दाबी
शुक्रबार, जेठ ७, २०७८
गुल्मीमा अक्सिजनका लागि महिला संघको सहयोग
शुक्रबार, जेठ ७, २०७८
नेपाली काँग्रेस गुल्मीले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि भातृ संगठन नेपाल महिला संघले आर्थिक सहयोग गरेको छ । नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समितिले शुक्रबार पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई ५० हजार एक सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
शुक्रबार, जेठ ७, २०७८
गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
बजेट निर्माणमा अन्यौता
शुक्रबार, जेठ ७, २०७८
आज २०७८ सालको जेठ महिनाको ७ गते । संविधान बमोजिम बजेट प्रस्तुत गर्न ९ दिन बाँकी छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी १५ जेठमा संसद्समक्ष आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर संसद्को अधिवेशन भने अझै चलेको छैन् ।
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
बिहीबार, जेठ ६, २०७८
बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
बिहीबार, जेठ ६, २०७८
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए
बिहीबार, जेठ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।
तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड
बिहीबार, जेठ ६, २०७८
पाल्पाको तानसेन नगरपालिका–२ मेहेल धारामा जन्मिएका अमित ज्ञवालीेले अष्ट्रेलियामा ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जित्न सफल भएका छन् । ज्ञवालीले अष्ट्रेलियाको एडिलेडमा आयोजित क्लवस्तरीय क्रिकेट प्रतियोगिता एक्प्रेट एएनसिए लिग २०२१ मा ‘मोस्ट भ्यालुयबल प्लेअर’ को अवार्ड जित्न सफल भएका हुन् ।
समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो
बिहीबार, जेठ ६, २०७८
पँहुचवालाको घर घरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिसिन्डर लिए । सासदले अक्सिजन सिलिन्डर बाँडे । अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा विरामीको मृत्यु । यस्तै यस्तै समाचारले पछिल्लाहरु दिनहरुमा व्यापकता पाईरहेको छ । कोरोना महामारीले पिडा त दिएकै थियो नेपालीको मनमा यस्ता समाचारले चुक लगाउने काम गरिरहेको छ ...

.jpg)
