Shittalpati
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता

पाल्पा, सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक गरेको छ । शनिबार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा पाल्पामा भने पुरानै आयोजनालाई निरन्तरता दिइएको छ । छिमेकी जिल्लाहरुमा पुर्वाधार निर्माणका लागि करोडौं बजेट विनियोजन भए पनि पाल्पामा भने पुरानै अधुरा योजनालाई बजेटमा समावेश गरिएको हो ।

पहिले देखि नै काम हुँदै आएका ठाउँमा बजेट विनियोजन भएको छ । पाल्पालीले नयाँ क्षेत्र र स्थानमा बजेट विनियोजन हुने अपेक्षा राखे पनि बजेटमा त्यस्तो हुन नसकेको जिल्लावासीको गुनासो छ ।

अर्थमन्त्री पौडेलका अनुसार पाल्पाको रिब्दीकोटमा जडान भईरहेको मौसम मापन यन्त्र राडरको कामलाई निरन्तरता दिई पुर्वाधार थप गर्न बजेट विनियोजन भएको छ । तानसेनको बर्तुङ लिफ्ट खानेपानी, आयोजना सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन भएको छ । सिद्धार्थ राजमार्गलाई डेडिकेटेड लाइनमा विस्तार गर्न बजेट बिनियोजन भएको छ । सिद्धार्थ राजमार्ग सिद्धबाबा–दोभान खण्डमा सुरुङ बनाउन बजेट बिनियोजन गरिएको छ । प्रवास–जोर्ते सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । तानसेनमा शहरी पूर्वाधार विकास गरी शहरलाई पुर्नजागृत गर्ने योजना बजेटमा छ । त्यस्तै रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल सत्यवती मन्दिर,रुरुक्षेत्र रिडि,भैरवस्थान मन्दिरमा थप पूर्वाधार विकास गरी सौन्दर्यकरणको लागि बजेट विनियोजन भएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update