अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८

माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह
बुधबार, असार २, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।

बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।

वर्षाको प्रभाव: पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध
बुधबार, असार २, २०७८
अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्ग सहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् ।

आँधीखोलामा शव फेला
बुधबार, असार २, २०७८
स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बुधबार विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध
बुधबार, असार २, २०७८
निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु
मंगलबार, असार १, २०७८
पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु भएको छ । निरन्तर परेको अविरल वर्षका कारण आज साझँ स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट पहिरो खस्न गई घर पुरिदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।

पाल्पामा फोन स्कुल सञ्चालन
मंगलबार, असार १, २०७८
पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।

विद्यार्थी भर्ना अभियान शुरु
मंगलबार, असार १, २०७८
सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।

पाल्पा कोरोना अपडेट: मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण
मंगलबार, असार १, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन्...
.jpg)
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा
मंगलबार, असार १, २०७८
पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।