सहकारी दिवसको औचित्य
शनिबार, असार १९, २०७८
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए
शुक्रबार, असार १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा
शुक्रबार, असार १८, २०७८
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
बिहीबार, असार १७, २०७८
पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको सडक विहीबार दिउँसोबाट एकतर्फी खुलेको हो ।
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी
बिहीबार, असार १७, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, असार १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा
बिहीबार, असार १७, २०७८
धेरै पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने सोच अहिले नेपाली जनमानसमा रहेको छ । तर पाल्पाका केही युवाहरु भने त्यो सोंच भन्दा माथि उठेर गाउँमै मौरीपालन व्यवसायमा लागेका छन् । उनीहरु परम्परागत रुपमा गरिने कृषि व्यवसायलाई परिमार्जन गर्दै व्यावसायिक मौरी पालनमा लागेका हुन् ।
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड
बिहीबार, असार १७, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।


