Shittalpati
फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न

पाल्पा, तानसेन नगरपालिका –७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका फरक क्षमताका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान निवासी तुलबहादुर अधिकारीले आफ्नी स्वर्गीय श्रीमति प्रतिक्षा अर्याल अधिकारीको ४५ औं दिनको पून्य तिथिमा खाद्यान्न सामग्री सहयोग गरेका हुन् । अधिकारीले मंगलबार एक कार्यक्रमका बीच लायन्स क्लब अफ पाल्पा रानीमहलको व्यवस्थापनमा सामग्री सहयोग गरेका छन् ।

क्लबका सचिवसमेत रहेका अधिकारीले परिवारका तर्फबाट सामग्री प्रदान गरेका हुन् । उनले चामल, दाल, तेल, नुन, चाउचाउ, साबुन लगायतका सामग्री प्रदान गरेको क्लवले जनाएको छ । साामजिक काममा अग्रसर हुँदै गर्दा अल्पायूमै भएको निधनले अधुरा रहेका प्रतिक्षाका सपना पूरा गर्ने उद्देश्यले सहयोग गरेको तुलबहादुरले बताए । अभिभावक बिहिन जो कोही व्यक्तिलाई आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

क्लवका डिस्ट्रक चिफ एवं मिडिया तथा पब्लिकेसन्स मेम्बर कृष्ण कार्कीले शोकमा रहेको परिवारले पनि फरक महामारीबाट प्रभावित बनेका फरक क्षमताका विद्यार्थीहरुलाई गरेको सहयोग महत्वपूर्ण रहेको बताए । यस्ता कार्यले पून्य प्राप्ति मिल्ने उनले विश्वास व्यक्त गरे । केन्द्रका प्रमुख सन्दीप भट्टराइले कोरोनाका कारण दैनिक खान समस्या भइरहेका बेला गरिएको सहयोगले ठूलो राहत मिलेको बताए । क्लवका अध्यक्ष विष्णु कार्कीको सभापतित्वमा भएको कार्यक्रममा रिजन चेयर पर्सन झमनराज मगर, जोन चियर पर्सन नारायण कार्की, डिष्ट्रिक प्रोग्राम मेम्बर कमलराज तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका तृतीय उपाध्यक्ष राजेश कुमार भट्टराईले गरेका थिए । स्वर्गीय प्रतिक्षा लायन्स क्लब अफ डाईनामिक लेडी बुटवलको कोषाध्यक्ष थिइन् । उनको गत जेठ १६ गते ३३ वर्षको उमेरमा निधन भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update