Shittalpati
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनका लागि जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउनका लागि समन्वय गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति गुल्मीले गर्‍यो सहजीकरण बैठक
जिल्ला समन्वय समिति गुल्मीले गर्‍यो सहजीकरण बैठक मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गुल्मीको पहिलो सहजीकरण बैठक सदरमुकाम तम्घासमा भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलको आयोजना तथा जिल्ला समन्वय समितिको सहजीकरणमा बैठक गरिएको हो ।
शुक्रबार ३ सय ४९ जना संक्रमणमुक्त
शुक्रबार ३ सय ४९ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा ३ सय ४९ जना कोराना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३ सय ४९ जना संक्रमणमुक्त भएका हुन् ।
आज देशभर क्रिसमस डे मनाइदैं
आज देशभर क्रिसमस डे मनाइदैं इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाउन लागिएको हो ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् ।
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रम
रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रम नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई विभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।
तानसेनमा पारिवारिक लगत विवरण संकलन
तानसेनमा पारिवारिक लगत विवरण संकलन तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो ।
चिसोबाट बचौं
चिसोबाट बचौं यतिबेला तापक्रम घट्दै गएकोले चिसो अत्याधिक बढ्दै गएको छ । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो ।
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख...
Weather Update