Shittalpati
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले...
दुर्गममा वडाको सम्पर्क कार्यालय
दुर्गममा वडाको सम्पर्क कार्यालय जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।
दराजको दसैं धमाका
दराजको दसैं धमाका अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई...
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’ कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ...
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’ साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।
मतपत्र छपाइको प्रक्रिया सुरु
मतपत्र छपाइको प्रक्रिया सुरु निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।
Weather Update