Shittalpati
पुल नबन्दा सास्ती
पुल नबन्दा सास्ती मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।
रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो
रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो रुकुमपूर्वको भूमे गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकामा भएका छट्टुाछट्टै बस दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ । विहिबार भएका दुर्घटनामा भूमे गाउँपालिकामा ५ जना र भीमफेदी गाउँपालिकामा ७ जनाको ज्यान गएको हो ।
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।
पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना
पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने पाल्पा र गुल्मीका १ हजार ६ सय ४३ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना गरेको हो । उनीहरुलाई आयोगले २९ करोड ९९ लाख ५० हजार जरिवाना गरेको छ ।...
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप...
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना कुमारी बैंक लिमिटेडले ‘धनवृद्धि रिकरि मुद्दती’ योजना ल्याएको छ । बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको हो । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।
किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ?
किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ? आसन्न निर्वाचनमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारहरुका लागि नागरिकता सम्बन्धी विषय निकै पेचिलो रुपमा चुनावी मुद्दा बन्ने निश्चित देखिन्छ । यसको मुख्य श्रेय नेकपा एमालेको पूूर्व उपाध्यक्ष तथा राष्ट्रपति विद्या देवी भण्डारीलाई जाने छ । उनले ओली नेतृत्व सरकारको समयमा अध्यादेश प्रमाणीकरण नगरी दिएको भए उनको कद त...
तानसेनका उपभोक्तालाई विद्युत महशुल निःशुल्क
तानसेनका उपभोक्तालाई विद्युत महशुल निःशुल्क जिल्लाको तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई विद्युत महशुल निःशूल्क गरेको छ ।
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् ।
नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग
नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ ।
Weather Update