नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार ३० गते आइतबार
शनिबार, असार ३०, २०८०

भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
शुक्रबार, असार २९, २०८०
आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।

भानुभक्तको स्मरण
शुक्रबार, असार २९, २०८०
आज असार २९ गते अर्थात् भानु जयन्ती । आजकै दिनमा आदिकवि भानुभक्त आचार्यलाई विशेषरुपमा स्मरण गर्ने गरिन्छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यको २१० औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

एसईई उत्तीर्ण पछिको दायित्व
बिहीबार, असार २८, २०८०
यस वर्षको एसईईको नतिजा सार्वजनिक भएको छ । यतिबेला के विषय पढ्ने ? कहाँ पढ्ने ? भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकरु सोच्दै छन् । कुन विषय पढ्दा राम्रो हुुन्छ वा जागीर राम्रो पाइन्छ भन्ने कुरामा धेरै विद्यार्थीहरु अन्यौलमै छन् । यसो हुनु स्वभाविक हो । किन भने हाम्रो जस्तो...

सरकार र संसद
बुधबार, असार २७, २०८०
हाम्रो मुलुकमा सरकार कसरी चलिरहेको छ भन्ने कुराको अनभूत भने आम नागरिकले गर्न सकेका छैनन् । त्यसैकारण जनमानसको मानस्पटलमा सरकार केवल नाम मात्र हो, सरकारले गर्नुपर्ने काम खासै केही पनि भएका छैनन् भन्ने अनुभूत बाहेक केही पनि हुन सकेको देखिदैन ।

बसाइसराई विकासको बाधक
मंगलबार, असार २६, २०८०
राजनैतिक वृतमा अहिले युवाहरुको आर्कषण दिनप्रति दिन बढिरहदा, देशका ३५ प्रतिशत सक्षम युवाहरु विदेशिने क्रम पनि बढेर गएको अवस्था छ । यस्तो परिस्थितिको सही मूल्याङ्कन गरेर योजना निर्माण हुन नसक्दा मुलुक वृद्धवृद्धाहरुको वासस्थानका रुपमा परिणत हुने खतरा बढ्ने संकेतहरु देखिदैं गएका छन् ।

डरलाग्दो बन्दै ‘लम्पी स्किन’
सोमबार, असार २५, २०८०
केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।

सरकार विपद्प्रतिको दायित्व नभुल
आइतबार, असार २४, २०८०
वर्खा लागेसँगै मुलुक बाढी पहिरोको चपेटामा पर्न थालेको छ । मनसुन सक्रिय भएकाले यस्ता घटना घट्ने गर्दछन् । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यथा लिनु हुँँदैन । देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान...