Shittalpati
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो । 
गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण
गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् । 
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।  तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । 
तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छिन। आठ कट्ठा जमिनमा खेती गरेकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाईन् । उनले बारीमा फलेका तरकारी बजारमा...
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
मौन स्नान गरी मनाइयो सोमबारे औँसी सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताए ।
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी... सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा, लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा...
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । 
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा विहीबार राति मृत्यु भएको हो ।
Weather Update