सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
सोमबार, साउन २१, २०८१

भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै
सोमबार, साउन २१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य
सोमबार, साउन २१, २०८१
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।

बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
सोमबार, साउन २१, २०८१
नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
आइतबार, साउन २०, २०८१
ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
आइतबार, साउन २०, २०८१
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।

वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
आइतबार, साउन २०, २०८१
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
बुधबार, साउन १६, २०८१
जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
आइतबार, साउन १३, २०८१
जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।

डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
आइतबार, साउन १३, २०८१
डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो
आइतबार, साउन १३, २०८१
पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।

किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
शनिबार, साउन १२, २०८१
दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।

प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
शनिबार, साउन १२, २०८१
यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो ।