Shittalpati
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
सुनको मूल्य तोलामा ११ सयले घट्यो स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।
परम्परागत खेती छाडेर कफीखेतीतर्फ
परम्परागत खेती छाडेर कफीखेतीतर्फ गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो  । 
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
Weather Update