Shittalpati
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । 
मर्चवार क्षेत्रको  ‘सवस्टेसन’   निर्माण तीव्र
मर्चवार क्षेत्रको  ‘सवस्टेसन’   निर्माण तीव्र रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो
अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए । 
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले  फेरियो मेटेराको मुहार
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले  फेरियो मेटेराको मुहार तुलसीपुर उपमहानगरपालिका– १४  मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले  उनि सफल किसान बनेका हुन् । 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका...
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । 
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् । 
टिप्परको ठक्करबाट एकको मृत्यु
टिप्परको ठक्करबाट एकको मृत्यु म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइ
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गरेका सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उनिको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।  
कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन  घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ७१ लाख मात्र  राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत...
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउन्छन् । 
Weather Update