Shittalpati
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।  
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट  एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । 
रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख जिल्लाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा  चार करोड ३९ लाख रकम संकलन भएको छ ।
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
बस दुर्घटनामा छ जनाको मृत्यु
बस दुर्घटनामा छ जनाको मृत्यु उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।
देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै
देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ ।
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 
Weather Update