Shittalpati
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाकाहरुमा सशस्त्रको सुरक्षा
नाकाहरुमा सशस्त्रको सुरक्षा दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ  प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
एउटै विद्यालयमा ३९ अक्षयकोष
एउटै विद्यालयमा ३९ अक्षयकोष यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको संख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको संख्या बढेको हो ।
इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन
इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।
मनाङ एयर निलम्बनमा
मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 
सात वर्ष बित्दा समेत बनेन् कालीगण्डकीमा पक्की पुल
सात वर्ष बित्दा समेत बनेन् कालीगण्डकीमा पक्की पुल पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ?
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताए ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज गैरआवासीय नेपाली दिवस
आज गैरआवासीय नेपाली दिवस आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।
Weather Update