Shittalpati
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला...
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा... गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टाइन बनाइएकामा बुधबार छानो उडेको हो ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् । नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए ।...
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज ५२ औं दिन भएको छ ।
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ ।
खुुकुरी प्रहारबाट घाइते
खुुकुरी प्रहारबाट घाइते दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो ।
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो ।
Weather Update