छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
बिहीबार, वैशाख ११, २०८२
कालीकोटमा ट्र्याक्टर दुर्घटनास् चालकसहित ४ जनाको मृत्यु
सोमबार, वैशाख ८, २०८२
कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला
बुधबार, चैत २७, २०८१
मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो ।
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
बुधबार, चैत २७, २०८१
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते
आइतबार, चैत २४, २०८१
अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज विहान दुर्घटना भएको हो ।
कालीगण्डकीमा एक पुरुष मृत फेला
शुक्रबार, चैत २२, २०८१
कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।
रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु
शुक्रबार, चैत २२, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा एक पुरुषको ज्यान गएको छ । आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।
बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु
बिहीबार, चैत २१, २०८१
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
छ दशमलव एक म्याग्निच्युडको भूकम्प
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले...
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेश
सोमबार, माघ २८, २०८१
सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन् ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन
अमेरिकामा टिकटक बन्द गर्ने तयारी
बिहीबार, माघ ३, २०८१
शक्तिशाली अमेरिकामा टिकटक बन्द गर्ने तयारी भएो छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


