Shittalpati
वर्षाको सम्भावना
वर्षाको सम्भावना आगमी दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको हो ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।
खुकुरी प्रहार गरी एकको हत्या
खुकुरी प्रहार गरी एकको हत्या खुकुरी प्रहारबाट चितवनको माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ को मृत्युु, ३ घाइते
सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ को मृत्युु, ३ घाइते सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्युु भएको छ । सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी साइकल यात्री एक जना र ३...
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।
स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु
स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु रुपन्देहीमा भएको स्कुटर दुर्घटना गुल्मी हस्तिचौरका एक युवकको मृत्यु भएको छ । लु ५५ प ४७५९ नम्बरको स्कुटर मंगलबारराती सिद्धार्थनगर– ४ उद्योगपुरीमा अनियन्त्रित भएर पल्टिँदा गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो ।
Weather Update