जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु
                        
                        
                                                
                                             
                                                                    बुटवल । रुपन्देहीमा जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
लु.१ य ८ नम्बरको जिपले सिद्धार्थ नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचीरहेको समयमा मल्लाहलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    