Shittalpati
छतबाट खसेर बालकको मृत्यु

पाल्पा । आफ्नै घरको छतबाट खसी बालकको मृत्यु भएको छ । सोमबार विहान रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १ शिवलहवा बस्ने ओम प्रकाश यादवको छोरा ४ वर्षका बालकको छतबाट खसेर मृत्यु भएको हो ।

बालक खेल्ने क्रममा घरको १ तला माथि छतबाट खस्न जाँदा घाईते भएका थिए । उनको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update