Shittalpati
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’

पाल्पा, साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढीका राई १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठमाडौं छिरेका थिए । साहित्य लेखन र पत्रकारितामा क्रियाशील उनले २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । विशेषगरी बाल कथा,लघुकथा लगायत विधामा कलम चलाउने राई हाइकु, मुक्तक, गजल र कविता लेखनमा पनि उत्तिकै सक्रिय छन् । उनको बाल कथा सङ्ग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update