स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
शुक्रबार, साउन ६, २०७९
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार, साउन ६, २०७९
पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द
मंगलबार, साउन ३, २०७९
तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा...
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, असार ३१, २०७९
पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
थप एक सय ७७ मा संक्रमण
बुधबार, असार २९, २०७९
पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित
सोमबार, असार २७, २०७९
पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
आइतबार, असार २६, २०७९
नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बिहीबार, असार २३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
रहवासमा गर्भवती आवास गृह
बिहीबार, असार २३, २०७९
जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।
एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


