स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
बिहीबार, असार २, २०७९

माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।

विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, जेठ ३१, २०७९
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।

मंगलबार थपिए २८ जना कोरोना संक्रमित
मंगलबार, जेठ २४, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार, जेठ २३, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च
शुक्रबार, जेठ २०, २०७९
रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत तीन हजार ३ सय ७५ रकम बुझिन् । उनलाई नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो । रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन् ।

दश नयाँ कोरोना संक्रमित थपिए
सोमबार, जेठ ९, २०७९
पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
आइतबार, जेठ ८, २०७९
गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।

माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।

प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।
.jpg)
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
शनिबार, वैशाख १७, २०७९
निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।

तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।

पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
बुधबार, वैशाख ७, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।