दिनहुँ थपिँदै हैजाका बिरामी
आइतबार, असार १९, २०७९

थप ५५ जनामा कोरोना
शुक्रबार, असार १७, २०७९
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता
बिहीबार, असार १६, २०७९
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख...

एकैदिन ६२ जनामा कोरोना
बिहीबार, असार १६, २०७९
पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन् ।

१२ जना हैजाका विरामी भेटिए
आइतबार, असार १२, २०७९
काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिउका छन् । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको हो ।

स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण
आइतबार, असार १२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई विभिन्न रोग सम्बन्धी अभमिुखीकरण तालिम दिइएको छ । स्वास्थ्य उपचारलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन यहाँका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुई दिने अभमिुखीकरण तालिम दिइएको हो ।

गाउँमै खकार नमुना संकलन
आइतबार, असार १२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेमा खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको छ । क्षयरोगको आशंका गरिएका व्यक्तिलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको हो ।
.jpg)
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै
शनिबार, असार ११, २०७९
रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।

आजदेखि बालबालिकालाई खोप
बिहीबार, असार ९, २०७९
पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आजदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।

भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा
बिहीबार, असार ९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।

यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ
सोमबार, असार ६, २०७९
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपा·ता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।

प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी
आइतबार, असार ५, २०७९
पछिल्लो समय तानसेन नगरपालिका भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुको सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । बर्थिङ र ल्याव सेवा सञ्चालनमा आए पछि यहाँका स्वास्थ्य चौकीहरुको सेवा प्रभावकारी बन्दै गएको हो ।