Shittalpati
थप ९ जनामा कोरोना

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो ।
देशभरबाट १ हजार ४ सय २५ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ७२ र एन्टिजेनबाट ७ सय ५३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update