Shittalpati
थप ८ जनामा कोरोना

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा रिएको कोरोना परीक्षणमा थप ८ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार देशभरबाट ७ सय ७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ सय ७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update