बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७

अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
बिहीबार, कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।

गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश
आइतबार, कात्तिक १६, २०७७
गुल्मीको धुर्कोटमा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी तथा अन्य राजनितिक दलमा क्रियाशिल रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
शुक्रबार, कात्तिक १४, २०७७
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
शुक्रबार, असोज ३०, २०७७
आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ ।

आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
मंगलबार, असोज २७, २०७७
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।

आज गैरआवासीय नेपाली दिवस मनाइदै
आइतबार, असोज २५, २०७७
आज गैरआवासीय नेपाली दिवस मनाइदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।

मिटर रिडरबाट ठगिए मुसीकोटवासी
शनिबार, असोज २४, २०७७
गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
शुक्रबार, असोज २३, २०७७
नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान
बिहीबार, असोज २२, २०७७
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको हो ।

रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध
बुधबार, असोज २१, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिका र सयुंक्त अधिराज्य बेलायतको हकिन्ज नगर परिषद् बिच भगिनी सम्बन्ध स्थापित भएको छ । नेपाली राजदूतावास लण्डनले एक प्रेस विज्ञप्तिमार्फत रेसुङ्गा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगरपरिषद् बिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौताबारे जानकारी दिएको रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकर गौतमले जानकारी दिए ।

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
बुधबार, असोज ७, २०७७
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।

मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
बुधबार, असोज ७, २०७७
केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।