Shittalpati
गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश

गुल्मी । गुल्मीको धुर्कोटमा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी तथा अन्य राजनितिक दलमा क्रियाशिल रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । एक कार्यक्रमका बिच नेपाली कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले युवाहरुलाई कांग्रेसमा प्रवेश गराउँदै स्वागत गरेका थिए । वर्तमान नेपाल कम्युनिष्ट पार्टीबाट बनेको सरकार भष्ट्रचारमा लिप्त रहेको , कम्युनिष्टहरु ब्याक्तिगत स्वार्थ पूरा गर्न तल्लीन रहेको र नेपाल कम्युनिष्ट पाटीले देशको विकास गर्न नसक्ने आरोप लगाउँदै दर्जनौं युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

नयाँ प्रवेशीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका सदस्य गोपाल थापा र धुर्कोट गाउँपालिकाका कांग्रेस सभापति रामप्रसाद घिमिरेले समेत स्वागत गरेका थिए । विभिन्न आशाहरु बोकेर नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव खिलध्वज पन्थीले कांग्रेस सधै जनता र देशको पक्षमा रहेको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update