रैनादेवी छहरा गाउँपालिकाको ५६ प्रतिशत प्रगति हासिल
शुक्रबार, जेठ १, २०८३
अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर
शुक्रबार, जेठ १, २०८३
स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् । बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सञ्चालन गर्न बाध्य भएका हुन् ।
बुटवलका सुकुमवासी र अतिक्रमित क्षेत्र खाली गराउँदै
मंगलबार, वैशाख २२, २०८३
बुटवल उपमहानगरपालिकाले बुटवलको मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा खाली गराउन लागेको छ । उपमहानगरपालिकाको वैशाख १५ को बैठकले नगरका विभिन्न पाँच स्थानमा अतिक्रमण भएको निष्कर्ष निकाल्दै ती क्षेत्र खाली गराउने निर्णय गरेको हो ।
जात्रा–पर्व संरक्षणमा पाल्पा उद्योग वाणिज्य संघको चासो
बिहीबार, वैशाख १७, २०८३
पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले पाल्पाका ऐतिहासिक जात्रा– पर्वहरुको संरक्षणमा चासो देखाएको छ । संघले इतिहास बोकेका यहाँका सांस्कृति, चाडपर्व, जात्राहरु आर्थिक अभावका कारण विस्तारै हराउँदै जान थालेपछि संरक्षणमा चासो देखाएको हो ।
गुल्मीको इस्मा गाउँपालिकाले टुंगो लगायो केन्द्र
बुधबार, वैशाख १६, २०८३
जिल्लाको इस्मा गाउँपालिकाले लामो समयपछि केन्द्रको टुंगो लगाएको छ । पालिकाले वडा नम्बर ५, चापटारीमा केन्द्र राख्ने विषयमा टुँगो लगाएको हो । चापटारीमा सम्पन्न गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र तोक्ने निर्णय गरेसँगै करिब ९ वर्षदेखि चल्दै आएको अन्योल हटेको छ ।
पाल्पामा ‘स्ववियु कप–२०८२’ सकियो
बुधबार, चैत २५, २०८२
जिल्लाको तानसेनस्थित टुँडिखेलमा सञ्चालित ‘स्ववियु कप २०८२’सकिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप विभिन्न खेलकूद तथा साहित्यिक कार्यक्रमहरुको आयोजना गरी सकिएको हो ।
होटल पौवाले देशभरका शाखामा ‘३ दिने निःशुल्क स्वाद उत्सव सञ्चालन गर्ने
बुधबार, चैत २५, २०८२
नेपाली आतिथ्य सत्कारको क्षेत्रमा मौलिक पहिचान बनाउन सफल होटल पौवा प्रालि स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । गौरवमय यात्राको एक दशक पुरा भएको अवसरमा पौवा ग्रुपले देशभरका सबै शाखाहरूमा ग्राहकहरुको लागि निःशुल्क ‘स्वाद उत्सव आयोजना गर्न लागेको छ । स्वाद उत्सवमा सहभागी गराउन ४० हजार ग्राहकलाई निमन्त्रणा कार्ड वितरण...
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी
आइतबार, चैत २२, २०८२
तानसेनमा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी भएको छ । पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
बगनासकाली गाउँपालिकाका ८६ प्रतिशत भन्दा बढी योजना सम्पन्न
मंगलबार, चैत १७, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकाले फागुन मसान्तसम्म ८६ दशमलव ४४ प्रतिशत योजना सम्पन्न गरेको छ । गाउँपालिकाले स्विकृत एक सय ७७ योजना मध्ये एक सय ५३ वटा योजना सम्पन्न गरेको हो ।
पाल्पामा विश्व क्षयरोग दिवस जनचेतना कार्यक्रमसहित अभियान सञ्चालन
मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवसको अवसरमा पाल्पामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ। कार्यक्रममा धुमपान, मद्यपान, धुलो–धुवाँ तथा प्रदूषित वातावरणमा काम गर्ने व्यक्तिहरू क्षयरोगको उच्च जोखिममा रहने तथ्य प्रस्तुत गरिएको छ।
बैंक म्यानेजरमाथि हातपात गरेको अभियोगमा पक्राउ
शुक्रबार, चैत ६, २०८२
हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धक माथि हातपात गरेको अभियोगमा एक महिलालाई शुक्रवार दिउसो पाल्पा प्रहरीले पक्राउ गरेको छ । रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टार्स पाल्पा तानसेनकी प्राप्रराईटर मन्जु रेग्मीले, ऋण नपाएको झोकमा बैंकका हाकिम माथि २०८२ माघ २५ गते दिउसो ३ बजेको समयमा हातपात गरेकी थिईन् ।
पाल्पामा मगर एकता दिवस मनाइयो
शनिबार, फागुन १६, २०८२
मगर समुदायको बाहुल्य रहेको पाल्पामा धुमधामका साथ ४४ औं राष्टिूय मगर दिवस मनाइएको छ । दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प
बुधबार, फागुन १३, २०८२
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।

