Shittalpati
बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?

कृष्ण पोखरेल
पाल्पा, स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।

स्थानीय सरकारको सय दिन नै सम्पूर्ण मूल्याड्ढनको आधार भने होइन, प्रारम्भिक कालको रुझान कस्तो छ र त्यसले कुन दिशा र गन्तव्यलाई इंगित गर्दैछ भन्ने प्रश्नमा आम जनताले सरकारको प्रारम्भिक चिनारी पाउने मात्र हो । नेपालको संविधानको पूर्ण पालना गर्दै पालिकाबासीको हित, विकास र सुशासनको प्रत्याभूति, स्थानीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज निर्माण र सबल एवं समृद्ध पालिका निर्माणको संकल्पका साथ गठित गाउँ सरकारले कार्यभार सम्हालेको सय दिनमा ५० उपलब्धिहरू हासिल गरेको छ । अध्यक्ष चिदीले आफू नेतृत्वको सरकारका ५० उपलब्धिहरू सार्वजनिक गरेकी छन् । उपलब्धि सार्वजनिक गर्दै एक सय दिनको समयमा नीति कार्यक्रम बजेट निर्माणदेखि ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण गरिएको उनले बताएकी छन् । सय दिनको अवधिमा गाउँपालिकालाई कोभिड १९ तथा अन्य खोप पूर्ण सुनिश्चितता गाउँपालिका घोषणा गरिएको, पालिकाको कामलाई चुस्तदुस्त र प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुका कार्य सम्पादन सम्झौता भएको उनले बताइन् ।

कार्य सम्झौता अनुसार काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत र नगर्नेलाई कारवाही गर्ने रणनीति गाउँपालिकाले बनाएको छ अध्यक्ष चिदीले बताईन् । बर्षायाममा एक दिन पनि पूर्णरुपमा सडक ग्रामीण सडक अवरुद्ध नहुने गरी मर्मत सम्भारको व्यवस्था गरेको, यस वर्षको बर्षात्को समयमा अहिलेसम्म बगनासकालीका सडकहरु अवरुद्ध नभएको उनले बताइन् । निर्वाचनको घरदैलोको क्रममा जेष्ठ नागरिकबाट आएको सुझाव कार्यान्वयन गरी वडा–वडा, टोल–टोलबाट बृद्धभत्ता वितरणको काम असोज महिनाबाट शुरु हुने जसका लागि नेपाल बैकसँग सम्झौता भई, बैंकले वडा–वडामा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी आवश्यक तयारीको काम पुरा भएको अध्यक्ष चिदीले बताइन् । बिमा नभएका अति विपन्न, असाहायको औषधी उपचार गाउँपालिकाबाट गर्ने नीति अनुसार एक सय दिनको अवधीमा १० जनालाई औषधी उपचारको नगद रकम सहयोग गरेको पनि उनले जानकारी गराइन् । उपभोक्तालाई सहुलियत दरमा खानेपानीको सुविधा प्रदान गर्न पालिका भरीमा लिफ्ट प्रणालीबाट सञ्चालित भएका खानेपानीहरुको ६० प्रतिशत विद्युत महशुल, पानी तान्ने मोटर नबने गरी विग्रिई नयाँ खरिद गर्दा लागत मूल्यको ६० प्रतिशत गाउँपालिकाले रकम तिरिदिने अनुसारको काम प्रक्रिया अगाडि बढेको गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले बताए ।

नयाँ जनप्रनिधिको कार्यपालिकाले पहिलो बैठकबाटै ग र घ वर्गका अपा·हरुलाई सुरक्षा भत्ता वितरणका लागि कार्यविधी निर्माण गरी काम अगाडि बढेको र दशैको समयमा सामाजिक सुरक्षा भत्तासँगै वितरणको तयारी भएको पालिका उपाध्यक्ष पाठकले जानकारी दिए । पालिकामा अहिले ग वर्गका ६५ जना र घ बर्गका १२२ जना अपा· परिचयपत्र पाएका व्यक्ति रहेका छन् । पालिकाले ग वर्गका लागि ५ सय रुपैयाँ र घ वर्गका लागि ३ सय रुपैयाँ दिने निर्यण गरेको छ । पालिकाले साविको गाविस वडाहरुमा टोल विकास संस्था गठन गरी, पालिकाका सबै सूचना गतिविधी जनस्तरमा पु¥याउने, जनताका माग योजना तथा गुनासा सुझावहरु माथि पालिकासम्म ल्याउने गरी समन्वयकारी भूमिकाको लागि पालिकाभरी ७६ वटा टोलविकास गठन गरेको, टोल विकास संस्थाबाट वडा तहमा हुने विकास निर्माणमा समेत अनुगमन निगरानी बढाउने गरी जिम्मेवारी प्रदान गरिएको अध्यक्ष दर्लामीले बताइन् । बगनासकालीमा जनजातिको बाहुल्यता भएको क्षेत्र भएको र परम्परादेखि नै घरेलु मदिराको आयआर्जनमा निर्भर भएका मूल व्यक्तिको पहिचान गरी बैकल्पिक पेशा वा घरेलु मदिरा व्यववस्थापनको विषयमा ठोस कदम चाल्ने गरी पालिकाले काम अगाडि बढाएको पालिका प्रवक्ता टिकाबहादुर थापाले बताए । बगनासकालीको मुख्य समस्या बादर तथा जंगली जनावर आतंक भएकाले जंगली जनावर व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि विगतमा पालिकाले चालेका बादर नियन्त्रणका उपायहरु पूर्णरुपमा सफल नभएकाले सर्वदलिय, सर्वपक्षिय छलफलबाट प्रभावकारी कदम चाल्ने गरी तयारी भएको अध्यक्ष दर्लामीले बताइन् ।

पालिकाले प्रत्येक महिनामा सम्पादन भएका कार्यक्रम, गतिविधी, आम्दानी खर्च नियमित रुपमा सार्वजनिक गर्दै आएको प्रशासनिक कामलाई चुस्तदुस्त बनाउँदै आएको, कर्मचारीहरुलाई निश्चित काम र जिम्मेवारी दिएको तर कार्यालयको नीति नियम अनुसार काम नगर्ने, सेवा प्रवाहमा बेवास्ता गर्ने कर्मचारीहरुलाई कानुन अनुसार कारवाही समेत चलाउने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । पालिकाबाट हुने हरेक कामलाई व्यवस्थित, पारदर्शी, नीति नियम संगत गर्नका लागि ४८ वटा कानुनलाई ऐकिकृत गरी कानुन संग्रह २०७९ निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । गाउँ–गाउँका जनतालाई पालिकामा आई योजना सम्झौता गर्नुपर्ने काम वडा वडामा पुगी गर्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update