Shittalpati
पाल्पामा जिप दुर्घटना हुँदा दुई घाइते

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, झिरुवासस्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अमिलेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रैनादेवी छहरा गाउँपालिका –३ अमिलेकी ५९ वर्षीया जुनकला पोखरेल र सोही ठाउँकी ४६ वर्षीया कमला आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते पोखरेलको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको र आलेको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

ओरालोमा रोकेर गाडीबाट सामान झार्ने क्रममा अचनाक आफै गाडी गुडेर सडकदेखि २ सय मिटर तल खस्न पुगी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update