Shittalpati
९० वर्षीय वृद्ध मृत भेटिए

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा शुक्रबार बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनलाई खोला किनारमा खोज्दै जादा निजले लिएको लौरो फेला परेको थियो । लौरोको आधारमा खोज्दै जाँदा खोला किनारमा तैरिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । निजको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update