Shittalpati
पाल्पाको पूर्वखोलामा गोठमा आगलागी हुँदा तीन चौपायाको मृत्यु

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका १ अच्किचौरमा घर नजिकैको गोठमा आगालागी हुँदा तीन चौपायाको मृत्यु भएको छ । अच्किचौर निवासी धातानन्द पंगेनिको खरले छाएको २ तले कच्चि गोठमा अचानक आगलागी हुँदा गोठमा भएका एक भैसी, एक पाडो र एक पाडी जलेर मरेका छन् ।

आगो के कति कारणले लागेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेशको प्रादेशिक प्रहरीले जनाएको छ । बुधबार दिउँसो गोठमा भएको आगलागीबाट चार लाख पचास हजार बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ । गोठमा लागेको आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update