Shittalpati
माथागढीमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन भएको छ । आइतबारदेखि झडेवाको किसान मा.वि.मा प्रतियोगिता सञ्चालन भएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिका भित्रका १२ ओटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । द्घाटन गर्दै अध्यक्ष थापाले खेलकुदको सहायताले विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक पक्षको विकास गर्ने भएकाले पढाई सँगसँगै खेलकुद र शारीरिक अभ्यासलाई पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे । उनले खेलकुदका माध्यमले जीवनका लागि चाहिने अनुशासन , सामाजिक जिम्मेवारी र नेतृत्व क्षमतामा समेत अभिवृद्धि गर्न सहयोग गर्ने भएकाले खेलकुद र शिक्षाको सम्बन्ध घनिष्ट रहेको धारणा व्यक्त गरे ।


माथागढी गाउँपालिकाले अन्य विकाससँगै खेलकुदलाई पनि विशेष जोड दिएको बताउदै अध्यक्ष थापाले आगामी दिनमा कौडेलेक म्याराथुन दौड र माथागढी खेलकुद महोत्सव सञ्चालन गर्न बजेट विनियोजन गरी सकेको जाकारी गराए ।प्रतियोगितामा ९ ओटा विधाहरुमा छात्रा र छात्रहरुको छुट्टा–छुट्टै प्रतिष्प्रर्धा रहने भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगीतामा विजयी खेलाडी र समूहहरु जिल्लास्तरीय राष्ट्रपति छनौट प्रतियोगितामा भाग लिन जाने भएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रम ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्तता मधु पराजुलीको अध्यक्षता शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update