Shittalpati
बंगलादेशलाई हरायो नेपालले

काठमाडौं, थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बंगलादेशविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा २–१ गोल अन्तरले नेपालले उपाधि जितेको हो । खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन् । सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।

सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । विशालले खेलको ४२ औं मिनेटमा अर्को गोल गरे। रन्जित धिमालको पासमा सन्जोग राईले छोएको बललाई विशाल राईले गोल गर्न सफल भए । खेलको दोस्रो हाफमा बंगलादेशले पनि एक गोल गरेको छ । किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो । नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो । विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update