लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
खेलकुद
मेयर कपको रनिङ्ग शिल्ड रामपुर ७ लाई

पाल्पा,जिल्लाको रामपुर नगरपालिकामा भएको पाँचौ मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड रामपुर नगरपालिका ७ ले हात पारेको छ । फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै रामपुर ७ ले ५ अंक सहित रनिङ्ग शिल्ड हात पारेको हो ।
प्रतियोगितामा पुुरुष तथा महिला भलिबल, फुटबल, क्रिकेट र खुल्ला व्याटमिन्टन प्रतियोगिता भएको थियो । किसानबारी खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधि रामपुर नगरपालिका–३ ले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा रामपुर नगरपालिका १० लाई ३/० को सोझो सेटमा पराजित गर्दै वडा नं. ३ ले उपाधि जितेको हो । यससँगै रामपुर १० ले द्वितिय स्थान हासिल गरेको थियो । प्रतियोगिताको तृतिय उपाधि रामपुर २ ले प्राप्त गरेको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा रामपुर ४ लाई ३/१ सेटले पछि पार्दै रामपुर २ ले जितेको छ । यता महिला भलिबल प्रतियोगिताको उपाधि विजेता रामपुर नगरपालिका वडा नं. १ भएको छ । फाईनल खेलमा रामपुर ९ लाई २/० को सोझो सेटमा पाजित गर्दै वडा नं. १ ले उपाधि हात पारेको हो । वडा नं. ९ प्रतियोगितामा द्वितिय भएको छ । महिला भलिबलमा रामपुर नगरपालिका ६ तृतिय भएको छ । २/१ सेटले वडा नं. ४ लाई पछि पार्दै रामपुर ६ ले तृतिय स्थान हासिल गरेको हो । फुटबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिका– ७ ले जितेको छ । पुरुष फुटबल प्रतियोगिताको फाईनल खेलमा वडा नं. ५ लाई २/१ गेल अन्तरले पराजित गर्दै वडा नं. ७ ले उपाधि हात पारेको हो । यस संगै वडा नं. ५ उपविजेता बनेको छ । तृतिय स्थानको लागि भएको खेलमा वडा नं. ३ लाई २/० गोलले पछि पार्दै वडा नं. ४ ले उपाधि जितेको छ ।
यता क्रिकेट प्रतियोगितामा वडा नं. ७ लाई हराउँदै वडा नं. ४ ले उपाधि जितेको छ । टस जिटेर व्याटिङ गरेको वडा नं. ७ ले वडा नं. ४ समक्ष १ सय २२ रन ल्याउँदै १ सय २३ रनको टार्गेट दिएको थियो । टार्गेट पछ्याएको वडा नं. ७ निर्धारित ओभरमा ६९ रन मै अलआउट भएको थियो । यसँंगै वडा नं. ७ उपविजेता बन्न सफल भएको छ । ३२ समुहको सहभागीतारहेको व्याटमिन्टन प्रतियोगितामा दान बहादुर राना र सन्तोष सारुको टिम विजेता र लक्ष्मण राना र गौरव क्षेत्रीको टिम उपविजेता भएको छ । मेयर कपमा उपाधी संगै वडा नं. ७ ले ५ अंक, वडा नं. १, ३ र ४ ले ३/३ अंक, वडा नं. ५, ९ र १० ले २÷२ अंक र वडा नं. ६ ले १ अंक प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितिय, तृतिय उपाधी विजेताले क्रमश नगद ५१ हजार, १ सय ११, ३१ हजार १ सय ११, र १५ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । महिला तर्फ प्रथम, द्वितिय र तृतिय उपाधी विजेताले नगद ३१ हजार १ सय ११, २१ हजार १ सय ११ र ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । प्रतियोगितामा फुटबलका प्रथम, द्वितिय र तृतिय उपाधी विजेताले क्रमश नगद ५५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५ र २१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । क्रिकेट तर्फ विजेता र उपविजेताले ३५ हजार र १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । व्यटमिन्टनतर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत सञ्चालन भएका खेलमा उत्कृष्ट खेलाडीलाई विभिन्न विद्यामा पुरस्कृत गरिएको थियो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा रामपुर नगरपालिका ७ किसानबारीमा भएको मेयर कप २०७९ को विजेता टिमलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रममा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्डमा उपाधि विजेता खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले राष्ट्र र समाजलाई चिनाउनुका साथै व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै नगरपालिकाले खेलकुदका लागि आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, एकिकृत समाजबादी रामपुरका अध्यक्ष फणेश्वर गौतम र राष्ट्रिय जनमार्चा रामपुरका रामप्रसाद गैरेले आ–आफ्ना भनाई राखेका थिए । नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजु गुरुङ र जिल्ला भलिबल संघ पाल्पाका सदस्य कमल रानाले गरेका थिए ।
थप समाचार

Follow Us
View our latest news on any of these social networks!